काठमाडौं । स्पेनका विंगर लामिन यमल चोटका कारण राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन्। स्पेनिस फुटबल संघ (आरएफईएफ)ले मंगलबार जारी गरेको विज्ञप्तिमा यमललाई स्वास्थ्य अवस्थाका कारण टिमबाट हटाइएको जानकारी दिएको हो।
संघका अनुसार मेडिकल रिपोर्टले यमललाई कम्तीमा एक हप्ताको विश्राम आवश्यक रहेको उल्लेख गरेपछि टिमबाट हटाउने निर्णय गरिएको हो। त्यस अनुसार यमलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत जर्जिया र टर्कीविरुद्धका खेल गुमाउने भएका छन्।
१८ वर्षीय यमल पछिल्लो समय चोटका कारण खेलबाट टाढा रहेका छन्। उनले आफ्नो क्लब बार्सिलोनाका पछिल्ला पाँच खेल गुमाएका छन्। स्पेन हाल विश्वकप छनोटको समूह ‘ई’ मा रहँदै चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ।










प्रतिक्रिया