काठमाडौं — सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाली सेनाका दुईजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई भारतको विशाखापट्टनममा कात्तिक २८–२९ मा आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०८२ मा सहभागी हुन स्वीकृति दिएको छ।
बैठकले अन्य निर्णयहरू पनि गरेको छ, जसमा:
एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि १३८१ हेक्टर जग्गामा कुनै संरचना निर्माण र रुख रोप्न नपाउने गरी निषेध गर्नु।
ऊर्जा मन्त्रालय र निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्नु।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्नु।
जग्गाधनी श्यामप्रसाद श्रेष्ठलाई स्याङ्जा जिल्ला प्रशासन कार्यालयको जग्गाको क्षतिपूर्ति बापत १ करोड रुपैयाँ उपलब्ध गराउनु।
२०८२ भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ कर्मचारी थप उपलब्ध गराउनु।
नेपाल–इन्डिया कोर्डिनेसन मिटिङको ९औँ बैठकमा सशस्त्र प्रहरी बल प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने।
नेपाल प्रहरीले अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने।
भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्नु।
धनकुटा प्रादेशिक अस्पताल निर्माणका लागि २५ रोपनी ५ आना तीन पैसा जग्गा उपयोग स्वीकृत गर्नु।
कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।
नेपाली सेना र अफिस अफ डिफेन्स करप्शनबिचको तालिम सहयोग समझदारीपत्रको अवधि दुई वर्ष थप गर्नु।
अष्ट्रेलियाको सिड्नीमा आइएइए स्कुल कार्यक्रममा सचिव विश्वबाबु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने।
स्वास्थ्य बीमा बोर्ड र विभिन्न अस्पतालहरूको २५६ अस्थायी दरबन्दी स्वीकृत गर्नु।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बारकोटीको राजीनामा स्वीकृत गर्नु।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रमुखको रूपमा राष्ट्रपतिसमक्ष सिफारिस गर्नु।










प्रतिक्रिया