नोभेम्बर ९ लाई ‘स्वतन्त्रता दिवस’का रूपमा मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा सुरू गरेका हुन् । यो कुनै सामान्य दिवस होइन, यसको पृष्ठभूमि नै मानव सभ्यतामाथिको क्रूरतम अधिनायकवादविरुद्धको ऐतिहासिक विजयसँग जोडिएको छ । दोस्रो विश्वयुद्धताका नाजी हिटलरले जर्मनीमा स्थापना गरेको दमनकारी शासनले लाखौँ मानिसको जीवन खोस्यो । विश्वभरि स्वतन्त्रता र मानव अस्मितामाथि चुनौति खडा गरियो ।
त्यस्ता दमनकारी शक्तिको अन्त्य गर्न अमेरिकी, फ्रेन्च र बेलायती सेनाहरू एकातिर उभिए भने अर्कोतिर तत्कालीन सोभियत सेनाले पनि नाजी शासनविरुद्ध प्रहार गरिरह्यो । युद्ध सकिएपछि भने नयाँ संकट जन्मियो । पूर्वी युरोपका देशहरूमा सोभियत सैन्य हस्तक्षेप र उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई ढाल्दै जबरजस्ती साम्यवादी शासन थोपरे । यही प्रक्रियामा जर्मनी समेत च्यातेर पूर्वी र पश्चिमी दुई धारमा विभाजित बनाइयो र राजधानी बर्लिन त द्वन्द्वकै केन्द्र भयो ।
१९५१ पछि सोभियत प्रभाव बढ्दै जाँदा बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल ठड्याइयो । मानिसले आफ्नै शहरभित्र स्वतन्त्रतामाथि लगाम कसिएको अनुभव गर्नुपर्ने अवस्था बन्यो । न यता जान पाइने, न उताबाट आउन अधिनायकवादका कारण मानवीय अस्मिता ठेसिनु भनेकै कस्तो पीडादायी हुँदो रहेछ भन्ने बर्लिनले इतिहाससँगै देखायो ।
तर मान्छे कुनैपनि शासनभन्दा ठूला हुन्छन्, उनीहरूमा स्वतन्त्रताको तिर्सना रोकिँदैन । यही आत्मबोधले प्रेरित भएर पूर्वी जर्मनीका जनता सडकमा उत्रिए । अन्ततः बर्लिन पर्खाल ढल्यो । त्यो पर्खाल ढलेको सम्झनाले नै आज विश्वभरि स्वतन्त्रता र लोकतान्त्रिक मूल्यबारे चेतना जगाउने सन्देश दिन्छ ।
यसैले, नोभेम्बर ९ केवल एक देशको उत्सव होइन, अधिनायकवादमाथि नागरिक शक्तिको विजय दिवस हो—स्वतन्त्रताको मूल्य कत्ति महँगो हुन्छ भन्ने कुरा नयाँ पुस्ताले बिर्सन नदिने ऐतिहासिक चिह्न हो ।
‘स्वतन्त्रता दिवस’ मनाउने प्रचलन
नोभेम्बर ९ तारिखलाई ‘स्वतन्त्रता दिवस’को रूपमा विश्वभर मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा नै सुरु गरेका हुन् । यसको पृष्ठभूमि नै मानव सभ्यतामा स्वतन्त्रता र लोकतन्त्रको मूल्य बुझ्न अत्यन्त महत्वपूर्ण छ । दोस्रो विश्वयुद्धताका हिटलरको नाजी शासनले जर्मनीमा करोडौं मानिसको जीवन खोस्यो । क्रुर अधिनायकवाद, दमन र मानवीय अस्मितामाथिको हमला विश्वभर फैलियो । हिटलरलाई परास्त गर्न अमेरिकी, बेलायती, फ्रेन्च र सोभियत सेनाले जर्मनीमा आक्रमण गरे । युद्ध सकिएपछि विश्व राजनीतिक नक्शा फेरियो ।
तर स्वतन्त्रताको यात्रा यहीँ रोकिएन । युद्धपश्चात सोभियत साम्यवादी शासनले पूर्वी युरोपका देशहरूमा आफ्नो प्रभुत्व विस्तार ग¥यो । लोकतान्त्रिक शासनलाई ढालेर जबरजस्ती साम्यवादी शासन थोपरे । यही प्रक्रियामा जर्मनी पनि विभाजित भयो । पूर्वी जर्मनीमा सोभियत नियन्त्रण, पश्चिमी जर्मनीमा अमेरिकी, बेलायती र फ्रेन्च नियन्त्रण बर्लिन राजधानी भएकाले यो द्वन्द्वको केन्द्र बन्यो । १९५१ पछि बर्लिनमा ९१ किलोमिटर लामो पर्खाल खडा गरियो । मान्छे उता जान नसक्ने, उताका मान्छे यहाँ आउन नसक्ने भयो ।
१९९० को दशकमा विश्वभर लोकतन्त्रको आवाज बुलन्द हुँदै गयो । पूर्वी जर्मनहरू खुला समाजको तिर्सना लिएर पश्चिम जर्मनीतर्फ भाग्न थाले । अन्ततः सबै पूर्वी जर्मन नागरिकहरूले मिलेर बर्लिन पर्खाल तोडे र पर्खाल ढलेपछि १९९१ मा जर्मनी एकिकृत भयो । यो घटना केवल एक भौतिक संरचनाको विनाश थिएन, यो मानव स्वतन्त्रताको विजयको प्रतीक बन्यो । ९१ किलोमिटर लामो पर्खालका सिम्बोलहरूले आज पनि हामीलाई फ्रिडमको मूल्य सम्झाउँछन् ।
अमेरिकी राष्ट्रपति जर्ज बुसले २००१ मा यो दिवस घोषणा गर्दा यही ऐतिहासिक महत्वलाई सम्मान गर्ने उद्देश्य राखेका थिए । संसारभर अधिनायकवादविरुद्ध लडिरहेका स्वतन्त्रता सेनानीहरूलाई सम्झने, नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य सिकाउने, स्वतन्त्रता र मानव अधिकारको महत्व बुझाउने—यही दिवसको मूल भावना हो । अफगानिस्तान, बर्मा, हङकङजस्ता स्थानमा आज पनि मानिसहरू स्वतन्त्रताको लागि लडिरहेका छन् ।
यो दिवसले हामीलाई याद दिलाउँछ कि लोकतन्त्र केवल सरकारको संरचना मात्र होइन, मानव अधिकार, स्वतन्त्रता र समताको मूल्यमा आधारित जीवनशैली हो । रुसो, भोल्टेयर, माक्र्सदेखि आधुनिक चिन्तकहरूले यही आधारमा राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको दर्शन प्रस्तुत गरेका छन्। ‘बरु म मर्छु, तर तिम्रो बोल्ने स्वतन्त्रता जोगियोस’ भन्ने भोल्टेयरको भनाइ आज पनि प्रासंगिक छ ।
नयाँ पुस्तालाई स्वतन्त्रता भनेको के हो, यसको सिमाना के हुन्छ, कसरी सदुपयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनु आवश्यक छ । लोकतन्त्र बलियो हुन मानव सभ्यता, मानव अस्मिता, ह्युमन डिग्निटीको सम्मान अनिवार्य छ । हरेक मानिसमा अनन्त सम्भावना छ । कुनैपनि व्यक्ति कमजोर होइन, दास होइन, शासित मात्र बन्नुपर्दैन । उनी आफ्नो ज्ञान, सूचना, क्षमतालाई प्रयोग गरी संसार चलाउन सक्छ । यही चेतना विद्यार्थीहरूमा जगाउन यो दिवस विशेष अवसर हो ।
हामीले इतिहासबाट सिक्नुपर्छ कि अधिनायकवाद विरुद्ध लड्ने साहस र स्वतन्त्रताको मूल्य कहिल्यै पुरानो हुँदैन । बर्लिन पर्खाल ढलेको सम्झना, विश्वभरका स्वतन्त्रता सेनानीहरूको बलिदान, र लोकतान्त्रिक मूल्यहरूको संरक्षण—यी सबैको सम्झना राख्न नोभेम्बर ९ लाई मनाउनुको महत्व अनिवार्य छ ।










प्रतिक्रिया