Logo

Breaking News 1

नेकपा एसकाे केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि


१३ कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ ।

राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । 

राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् ।

कात्तिक १४ गतेसम्म चल्ने बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्ययोजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ । 

बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ३० बजे