Logo

प्रदेश

रौतहटमा सवारी दुर्घट्ना, स्कूटर चालकको खुट्टा भाँचियो


१० आश्विन २०८२, शुक्रबार  

46
Shares

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गर मिनि बस र स्कूटर ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा यात्रुबाहक वीङ्गरले विपरित दिशाबाट आउँदै गरेको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

चाँदी पुलतर्फबाट चपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३ प ४६४४ नम्बरको स्कुटीलाई विपरित दिशाबाट जाँदै गरेको प्र.०–३२–००२ ज ०२२९ नं. को वीङ्गरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कूटर चालक चन्द्रपुर नगरपालिका ४ बस्ने ६० बर्षिय शिव प्रसाद तिमल्सिना घाइते भएका छन् ।

उनको नाक, कुममा चोट लाग्नुको साथै बाँया खुट्टा भाचिएको हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरले जनाएको छ । उनको थप उपचारको लागि बीरगज रिफर गरिएको  छ ।

वीङ्गर चालक सर्लाही जिल्ला हरिवन नगरपालिका–८ निबासी ३२ बर्षिय मनोज महतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : २३ बजे