काठमाडौं । चितवन र तनहुँ जिल्लामा बुधबार साँझ भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिशूली काली खोला (चितवन) र सखार वर्षा मापन केन्द्र (तनहुँ) मा पछिल्लो एक घण्टामा अत्यधिक वर्षा मापन गरिएको छ।
विभागले जारी गरेको सूचनामा थप वर्षा हुने सम्भावना रहेको र साना खोलाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्ने जोखिम रहेको उल्लेख गरिएको छ। विभागले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
“चितवन र तनहुँमा भारी वर्षा मापन गरिएको छ। क्षेत्र भई बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता आवश्यक छ,” विभागको विज्ञप्तिमा भनिएको छ।
प्रभावित क्षेत्रका स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन, नदी तथा खोलानाला आसपास नजान र विपद् जोखिम न्यूनीकरणका उपायहरू अपनाउन विभागले आग्रह गरेको छ।
प्रतिक्रिया