काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले जेन–जी आन्दोलनका क्रममा गोली हान्न आदेश दिनेहरूमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तोष व्यक्त गरेका छन्।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग करिब दुई घण्टा छलफल गरेका शाहले जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछि कारबाही नभएको विषयमा चासो राख्दै तत्काल छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका हुन्। उनले गत भदौ २३ गते प्रदर्शनकारीमाथि गोली चलाउने र आदेश दिने व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
शाहले जेन–जी आन्दोलनका मागहरू सम्बोधन गर्नुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार गोली चलाउने र आदेश दिने व्यक्तिहरू अझै पक्राउ नपरेको कारण पीडित परिवारमा असन्तोष बढ्दो छ।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका मागप्रति सरकार गम्भीर रहेको बताउँदै दोषी कसैलाई पनि उन्मुक्ति नदिने आश्वासन दिएकी छिन्।
प्रतिक्रिया