काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान बालुवाटारमा दुई घण्टा लामो भेटवार्ता भएको छ।
बालेन बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनी साढे १० बजे बाहिरिएका छन्। दुई घण्टासम्म भएको भेटवार्तामा जेन जेड आन्दोलन र वर्तमान सरकार गठनमा देखिएको मेयर साहको भूमिका लगायतका विषयमा छलफल भएको आशंका गरिएको छ, यद्यपि भेटको औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री कार्की र मेयर साहबीचको यो भेटलाई पछिल्लो समय तीव्र बन्दै गएको युवा आन्दोलन र राजनीतिक परिदृश्यको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया