चितवन — तुइनखोला पुलनजिक खसेको निरन्तर पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
डिभिजनका अनुसार माथिबाट लगातार ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिरो हटाउन कठिनाइ भएको छ। गत शुक्रबार खसेको पहिरो हटाएर करिब ४५ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। तर, फेरि निरन्तर सुक्खा पहिरो खसिरहेकोले यातायात अवरुद्ध भएको हो।
सडक बन्द हुँदा दसैँ मनाउन घर फर्किने हजारौँ यात्रु मर्कामा परेका छन्।
प्रतिक्रिया