Logo

समाचार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त



काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्रा.) को कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणकै पूर्व उप–कार्यकारी निर्देशक सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो। पाँच महिनापछि ऊर्जामन्त्री बनेका घिसिङकै पहलमा शाक्यको सरुवा गरी सिलवाललाई नियुक्त गरिएको हो।सिलवाल, कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा उनका नजिकका सहयोगीका रूपमा परिचित छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ३४ बजे