Logo

विश्व

अमेरिकाको नागरिकता पाउन लिखित परीक्षा अनिवार्य हुने


३ आश्विन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २०२५ देखि अमेरिकाको नागरिकता पाउन चाहनेहरूका लागि लिखित नागरिकता परीक्षा पुनः अनिवार्य गर्ने निर्णय गरेको छ ।

अमेरिकी नागरिकता र अध्यागमन सेवाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ परीक्षामा अमेरिकी इतिहास र सरकारसँग सम्बन्धित १२८ प्रश्न तयारी गर्नुपर्नेछ । तीमध्ये २० प्रश्न सोधिने र कम्तीमा १२ प्रश्नको सही उत्तर दिनुपर्नेछ ।

यसअघि २००८ को व्यवस्थाअनुसार १०० प्रश्न तयारी गरी १० मध्ये ६ प्रश्नको सही उत्तर दिनुपर्ने व्यवस्था थियो । परीक्षा मौखिक रूपमा हुने र बहुवैकल्पिक नहुने जनाएको छ । परीक्षामा असफल हुनेलाई दोस्रो मौका दिइने तर दोस्रो पटक पनि असफल भएमा आवेदन रद्द गरिनेछ ।

६५ वर्ष वा सोभन्दा बढी उमेरका र कम्तीमा २० वर्षदेखि स्थायी रूपमा अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूलाई मात्र २० प्रश्न सोधिने र उनीहरूले मनपर्ने भाषामा परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ ।

नयाँ परीक्षामा अमेरिकी संविधानको १०औँ संशोधन, संघीय दस्तावेज, पूर्वराष्ट्रपति ड्वाइट आइजनहावर, संस्थापक पिता अलेक्जेन्डर ह्यामिल्टन र जेम्स मेडिसन तथा अमेरिकी नवप्रवर्तनका उदाहरणहरू सम्बन्धी प्रश्न थपिएका छन् ।

यो व्यवस्था अक्टोबरको मध्यदेखि नागरिकताका लागि आवेदन दिनेहरूमा लागू हुनेछ । ट्रम्प प्रशासनले कानुनी अध्यागमन प्रक्रियालाई कडा बनाउने उद्देश्यसहित बाइडेन प्रशासनले खारेज गरेको पुरानो नियम पुनः कार्यान्वयन गर्न लागेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ५२ बजे