Logo

मुख्य समाचार

फागुन २१ गते निर्वाचन मिति प्रस्ताव, कार्कीसँगै मन्त्री पनि शपथ लिने तयारी


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गर्ने प्रस्ताव तयार पारेको छ। उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै निर्वाचन मिति निर्धारण गर्ने तयारी भएको हो।

स्रोतका अनुसार कार्कीसँगै केही मन्त्रीलाई समेत निकट भविष्यमै शपथ दिलाउने गृहकार्य भइरहेको छ। तर निर्वाचन मिति र मन्त्रिपरिषद् गठनबारे औपचारिक निर्णय भने अझै भइसकेको छैन।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ४८ बजे