Logo

समाचार

कांग्रेसको भनाइ : संविधान रक्षामा दृढ, उल्लंघनमा प्रश्न


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नयाँ सरकार गठन र संसद् विघटनको तयारीसँगै नेपाली कांग्रेसले संविधान रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार प्रतिक्रिया दिँदै संविधान उल्लंघन हुने कार्यमा गम्भीर प्रश्न उठाइने बताए।

उनका अनुसार कांग्रेसले राष्ट्रपति संस्थाको संरक्षण, शान्ति र व्यवस्थाको कायम, ध्वस्त संरचनाको पुनर्निर्माण, दोषीहरूमाथि छानबिन र कारबाही, उच्चस्तरीय आयोगमार्फत सम्पत्ति छानबिन तथा निर्वाचन प्रक्रियामा समर्थन जनाउने छ। तर संविधानविपरीत कदम चाले गम्भीर आपत्ति रहने उनले स्पष्ट पारे।

शर्माले पछिल्लो घटनाक्रमबारे निर्णय लिन कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिँदै पार्टी नेतृत्व आन्तरिक परामर्श र सम्पर्कमा रहेको बताए। उनले कांग्रेस एकताबद्ध रहेको दाबी पनि गरे।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। स्रोतका अनुसार कार्कीले शपथपछि मन्त्रिपरिषद् बैठक बोलाई संसद् विघटन गर्ने तयारी मिलाइएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ३८ बजे