काठमाडौं । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आएको द्विपक्षीय संयुक्त अभ्यास Sagarmatha Friendship को पाँचौँ संस्करण आज(आइतबार)काठमाडौँमा औपचारिक रूपमा सुरु गरिएको छ ।
भदौ २२ गतेदेखि सुरु भएको यो अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको मुख्य उद्देश्य द्विपक्षीय सैन्य सम्बन्ध सुदृढ गर्नुका साथै विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहकार्य, प्रतिआतंकबाद नियन्त्रण तथा मानवीय सहायताका विषयमा आपसी ज्ञान र अनुभवको आदानप्रदान गर्नु रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको क्बनबचmबतजब ँचष्भलमकजष्उ अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आएको छ ।
यस अभ्यासमार्फत नेपाली सेनाले रणनीतिक तथा पेसागत दक्षता अभिवृद्धि गर्नुका साथै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्य राखेको छ ।
नेपाली सेनाले विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्य मित्रराष्ट्रहरूसँग समेत द्विपक्षीय तथा बहुपक्षीय सैन्य अभ्यासहरू र पेसागत प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
यस वर्षको अभ्यासमा सहभागी नेपाली र चिनियाँ सुरक्षाकर्मीहरूबीच व्यावहारिक तालिम, अनुभव आदानप्रदान तथा संयुक्त कार्यसम्पादनका अभ्यासहरू समावेश गरिने छ ।
प्रतिक्रिया