Logo

मुख्य समाचार

‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । ‘विद्यालय’ फिल्मका निर्देशक अन्तरिक्ष अधिकारीले ‘विद्यालय’ चलचित्रले अभिभावकलाई सुसुचित गर्ने बताएका छन् ।

शुक्रबार ‘विद्यालय’ नामक शैक्षिक चेतनामूलक भिडियो प्रदर्शन गर्दै उनले विद्यार्थीका हक हितमा फिल्म बनाएको दाबी गरे । उनले फिल्म प्रदर्शनबाट उठेको पैसाले केही विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने पनि बताए ।

‘फिल्मको कथावस्तु भन्नाले विद्यालय नै पहिलो घर हो, बाबुआमा पहिलो शिक्षक शिक्षिका हुन् । संस्कार हामीले घरबाट नै दिनुपर्छ ।  फिल्मको मुलभूत उद्देश्य भनेको नै अभिभावकलाई सुसुचित गर्ने हो,’ उनले भने ।

त्यस्तै उक्त चलचित्र हेर्न आएका विद्यार्थी प्रविन ढुंगानाले चलचित्र सन्देशमुलक भएको बताए । अर्का विद्यार्थी अनिस कार्कीले फिल्म पुरानो शैलीको भएपनि राम्रो रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : २२ बजे