Logo

मुख्य समाचार

कालीकोटको रास्कोट–८ का वडाध्यक्ष बराल सम्पर्कविहीन


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

सुर्खेत – कालीकोटको रास्कोट नगरपालिका–८ का वडाध्यक्ष मनीराज बराल बिहीबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

नगरप्रमुख धर्मराज शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दै वडा कार्यालयको काम सकेर ससुराली गाउँ रास्कोट–५, लामासिम जाने क्रममा बराल नपुगेको र घर पनि नफर्किएकाले हालसम्म उनको अवस्थाबारे जानकारी नभएको जनाएका छन्।

बरालको खोजतलासका लागि नेपाल प्रहरी, नगर प्रहरी, आफन्त र स्थानीय युवाहरू परिचालित भए पनि उनी फेला नपरेको नगरप्रमुख शाहीले बताएका छन्।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा बराल विगत केही महिनादेखि मानसिक स्वास्थ्य समस्याको बिरामी रहेको उल्लेख गर्दै, देखिएमा नजिकैको प्रहरी वा सम्बन्धित निकायमा तत्काल खबर गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : ३४ बजे