काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।
अधिकारीले भने, ‘शक्तिशाली राष्ट्रका प्रमुखहरू व्यस्त तालिकाबीच पनि समय व्यवस्थापन गर्न सक्षम छन्, तर हाम्रो देशका प्रमुखहरू केही पनि भ्याउन सक्दैनन् अधिकारीले आफूले २८ वर्षको शिक्षण जीवनमा अनेकन सचिव, मन्त्री र न्यायाधीशहरू तयार पारेको अनुभव सुनाउँदै भने, ‘तर हामी समय व्यवस्थापन गर्न सक्दैनौं। मन्त्रीज्यूहरू आउनुहुन्छ, आफ्ना कुरा राख्नुहुन्छ, अनि अरुको कुरा नसुनी हिँड्नुहुन्छ । अरुको कुरा सुन्ने न त समय छ, न चाहना, न धैर्यता ।’
उनले देशका स्रष्टा, वैज्ञानिक, विद्वानहरूको कुरा भन्दा पनि मन्त्रीलाई एकछिन उभ्याउन पाइयो भने हामी गौरव ठान्ने गरेको बताए ।
‘देशका स्रष्टा, वैज्ञानिक, विद्वानहरूको कुरा भन्दा पनि यदि कुनै मन्त्रीलाई एकछिन उभ्याउन पाइयो भने हामी गौरव ठान्छौं। मिडियामा पेज भरिन्छ, तर गुण हेर्दैनौं, व्यक्तिलाई मात्र हेरिन्छ ।’
प्रतिक्रिया