काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा.बेन्जु शर्मा (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रत्येक वर्ष बीपी जन्मजयन्तीका अवसरमा प्रदान गरिने बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार अर्जुन खड्का (उदयपुर) लाई प्रदान गरिने भएको ट्रष्टले जनाएको छ ।
यी दुबै पुरस्कार जननायक बीपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनौट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यहरु किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गरिएको हो । साहित्यकार तर्फको पुरस्कारको राशी नगद एक लाख र एक हजार तथा बीपी सेनानी सम्मान पुरस्कारको राशी एकाउन्न हजार रहेको छ ।
यी दुबै पुरस्कारहरु भाद्र २४ गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय, शितलनिवासमा एक कार्यक्रममा बीच वितरण गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले बताए । ट्रष्टले जननायक बीपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर रुपमा यी पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया