Logo

समाचार

कञ्चनपुरमा ४५ घर डुबानमा, १२५ जना विस्थापित



कञ्चनपुर – अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरमा कम्तीमा ४५ घर डुबानमा परेका छन्। भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिएका छन्।

उनका अनुसार दोधारा चाँदनी–८ का रामपुरे र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। यस क्षेत्रका करिब ७० जना विस्थापित भई नजिकैको विद्यालयमा आश्रय लिएका छन्।

यस्तै, दोधारा चाँदनी–३ को पटराखल्लामा १५ घर डुबानमा परेका छन्। त्यहाँका ५५ जना बस्तीवासीलाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा सारिएको प्रहरीले जनाएको छ।

यसैबीच, निरन्तर वर्षापछि महाकाली नदीको जलस्तर बढ्दै एक लाख ४० हजार २५० क्युसेक प्रतिसेकेन्ड पुगेको छ। जलस्तर बढेपछि भारतीय पक्षले शारदा ब्यारेजमार्फत सवारीसाधनको आवागमनमा रोक लगाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ०५ बजे