Logo

समाचार

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन



काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री दहालले बिहीवार काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री दाहालले निर्धारित समयभित्र नै सडक बिस्तारको काम सक्न निर्देशन दिएका छन्  । योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ ।

उद्घाटनमा सडक बिभागका महा निदेशक डा.विजय जैशी, एडीबि परियोजना प्रमुख चुडाराज ढकाललगायत बिभागका अधिकारीहरुको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १२ : ४२ बजे