Logo

समाचार

सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा



काठमाडौं। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को ८औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनियर रविभूषण झाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सिडेनको कार्यकारिणी समिति चयनका लागि आगामी भदौ १४ गते निर्वाचन हुँदैछ ।

त्यस्तै, बागमती प्रादेशिक समितिको सभापति पदमा इन्जिनियर सुजन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । तेस्रो बागमती प्रादेशिक समितिका उम्मेदवारहरूमा सभापतिमा भट्ट उपसभापतिमा मनिष पन्थ, सचिवमा अशिष थापा, उप–सचिवमा राजेश यादव, कोषाध्यक्षमा स्वस्तिका कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी प्रदेश सदस्यहरूमा सतीश तिवारी, जानकी रमन सिंह, भिम बहादुर साउद, नितेश ठाकुर, प्रकाश पुन, सुरक्षा पुडासैनी, प्रबिण कुमार महतो, मनिष घिमिरे, दावा तामाङ र रामकान्त जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ४ : २७ बजे