काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूबाट १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आव ६६.०५ प्रतिशतले सेयर धितो कर्जा बढेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ प्रभाव भएको थियो ।
गत आवमा सबैभन्दा धेरै यस्तोे कर्जा प्रभाव गर्नेमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । बैंकले एक वर्षमा १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो आवको तुलनामा ४६.६८ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तोे कर्जा ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ मात्र प्रवाह भएको थियो ।
त्यसैगरी, सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक परेको छ । गत आवमा बैंकले १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ सेयर धितो कर्ता प्रवाह भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने तेस्रो नम्बरमा कुमारी बैंक रहेको छ, जसबाट सेयर धितो कर्जामा १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ प्रवाह भएको छ ।
त्यस्तै, गत आवमा मात्रै नेपाल बैंकबाट ७ अर्ब ८६ करोड २४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ६ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) बैंकबाट ३ अर्ब ३६ करोड ९१ लख रुपैयाँ, हिमालयन बैैंकबाट २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंक ६१ करोड ९१ लख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा एभरेष्ट बैंकले ३ अर्ब ४४ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब ५ करोेड ५२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनलाइज बैंकले ८ अर्ब २५ करोेड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९ अर्ब २८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रभाव गरेको छ भने गत आवमा मात्रै कृषि विकास बैंकले ४ अर्ब ६५ करोड ८० लाख रुपैयाँ, सिटिजन्स बैंकले ७ अर्ब २ करोड ६६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ सेयर धितो कर्जा दिएको छ ।
त्यसैगरी, एनएमबी बैंकले २ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ, प्रभु बैंकले ५ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ र सानिमा बैंकले ३ अर्ब ३१ करोड १५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रभाव गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया