Logo

समाचार

तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाइ लिइने बताएकी छिन् ।

मंगलबार तीज पर्वको अवसरमा शुभकामना दिँदै उनले तीज पर्वले चेली र माइती बीचको आत्मीयता, परिवार र साथी–सङ्गी बीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

उनले भनिन्,‘विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ । यस पर्वले चेली र माइती बीचको आत्मीयता, परिवार र साथी–सङ्गी बीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ’

उनले हरितालिका तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छन् ।

पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको बताउँदै उनले सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक रहेको बताईन् ।

तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उनको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १२ : ३० बजे