Logo

समाचार

तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो । तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

त्यस्तै ,यस पर्वले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको उनको भनाई छ ।  यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको उनले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : १५ बजे