Logo

मुख्य समाचार

आयात निर्यात बढ्दा पनि व्यापार घाटा १८.७५ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/२०८३ को साउन महिनामा आयात र निर्यात दुवै बढेको छ ।

भन्सार विभागको तथ्याङक अनुुसार जति मात्रामा आयात र निर्यात वृद्धि भएको देखिएको छ । त्यहि मात्रामा व्यापार घाटा पनि भएको देखिएको छ ।

चालु आर्थिक वर्ष २०८२/२०८३ को साउन महिनाको आयात ११.४१ प्रतिशतले वृद्धि भएर चौध करोड ३० लाख ४० हजार ६ सय ६९ भएको छ । अघिल्लो आर्थिक वर्ष  सोहि महिनाको आघिल्लो आ.वमा  १२ करोड ८३ लाख ७७ हजार १ सय २१ को आयात भएको थियो ।

भन्सार विभागको तथ्याङक अनुसार आ.व २०८२/२०८३ को पहिलो महिनाको   निर्यातमा अघि

ल्लो आ.वको तुलनामा ९५.७५ ले वृद्धि भएको देखिन्छ ।

तथ्याङक अनुसार व्यापार घाटा १८.७५ प्रतिशतले बढेर १६ करोड ६९ लाख ७३ हजार एक सय ९ पुगेको छ । आयात र  निर्यात प्रचुरमा भएता पनि व्यापार घाटा  भने अझै बढेको तथ्याङकले  देखाएको हो  ।  

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ०९ बजे