काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा फुरगेल्जे शेर्पा विजयी भएका छन्। उनले ३४२ मत प्राप्त गर्दै प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरे। गुरुङले २८८ मत पाए।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा र सचिवमा चन्दन थापा निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् भने सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्।
प्रतिक्रिया