Logo

प्रदेश

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान



जनकपुर । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ ।

बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२÷०५÷०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम प्रदेश प्रमुखले भदौ १२ गत्ते बिहीबार दिनको १ बजे मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ८ : १५ बजे