काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाललाई सुरक्षा थ्रेट बढेसँगै निजी सुरक्षा अधिकारी (पीएसओ) खटाइएको छ। विश्वविद्यालय प्रशासनले बढ्दो चुनौतीका कारण सुरक्षा माग गरेपछि बुधबारदेखि दुबै पदाधिकारीलाई पीएसओ उपलब्ध गराइएको हो।
पछिल्लो समय रेक्टर र रजिस्ट्रार दुवैजना कार्यकक्षमै बस्न नसक्ने अवस्था बनेको छ। केही दिनअघि कार्यकक्षमा पुगेका रजिस्ट्रार रिजाल विद्यार्थीहरूले तोडफोड र धम्की दिएको कारण पुनः फर्किन सकेका थिए। बिहीबार पीएसओसहित कार्यालय पुगे पनि विद्यार्थी संगठनतर्फबाट फेरि धम्की आएको कार्यालयका कर्मचारीहरूले जनाएका छन्।
रेक्टर केसी भने हाल उपत्यकाबाहिर छन्। यसअघि पनि उपकुलपतिलाई सुरक्षा थ्रेट बढेपछि पीएसओ उपलब्ध गराइएको थियो।
प्रतिक्रिया