Logo

मुख्य समाचार

प्रधानाध्यापकलाई उच्च तहकै सेवा सुविधा दिनुपर्छ : सांसद रेखा शर्मा



काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयक, २०८० मा प्रधानाध्यापकका सेवा सुविधा स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेकी छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उनले प्रधानाध्यापकको छनौट प्रक्रिया प्रदेशमार्फत गर्ने व्यवस्था सकारात्मक भए पनि सेवा सुविधाबारे प्रष्ट प्रावधान नलेखिएकोप्रति आपत्ति जनाइन्।

उनका अनुसार प्रधानाध्यापकलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुमध्ये सबैभन्दा माथिल्लो तहका कर्मचारी सरह सुविधा दिनुपर्नेछ। उनले भनिन्, “प्रधानाध्यापकमा रहुन्जेल कुन तहसम्मको सेवा सुविधा दिने भन्ने कुरा विधेयकमा स्पष्ट गर्नुपर्छ। तीन–पाँच सय रुपैयाँ थपेर देखावटी बनाउनुभन्दा ठोस सुविधा सुनिश्चित गर्नुपर्छ।”

सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आवद्ध हुन नदिने प्रावधानप्रति समर्थन पनि जनाइन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १२ : ५९ बजे