Logo

मुख्य समाचार

शिक्षा विधेयक प्रतिवेदन अध्ययन गर्न दुई दिन समय



काठमाडौं । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दुई दिन समय दिएको छ।

समितिको सोमबार बसेको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले प्रतिवेदन अध्ययनका लागि थप समय मागेपछि दुई दिन समय दिने निर्णय गरिएको हो।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्तिअन्तर्गत शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोसाक, यातायात र विद्यालयमा उपलब्ध भएमा आवासीय सुविधा समेटिएका छन्।

समिति सचिवालयले विवादित विषय थाँती राखी भाषा मिलाएर प्रतिवेदन पेस गरेको जनाएको छ।

समितिको अर्को बैठक भदौ ५ गते बिहान ८ बजे बस्ने छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ५४ बजे