Logo

मुख्य समाचार

कैलालीका वरिष्ठ वन अधिकृतविरुद्ध ७ लाख ३१ हजार घुस प्रकरणमा मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का र छोडपूर्जी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए। निगरानीका क्रममा कञ्चनपुरस्थित अख्तियार टोलीले उनलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगले यादवविरुद्ध ७ लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गर्दै थप अनुसन्धानपछि घुस लिएको पुष्टि भएको जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ३३ बजे