काठमाडौं । गुन्डा नाइकेका रूपमा चिनिएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार गोर्खालीलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको हो।
गोर्खाली यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए। तर अन्ततः उनलाई टिकट दिइएको थिएन।
प्रतिक्रिया