काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गरेको छ । सन् १९९२ मा स्थापना भएको युरो मनी अवार्डलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित मानिन्छ ।
बैंकलाई ग्राहक सेवामा सुधार, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नवीनतम प्रविधि भित्र्याउने प्रयास, वातावरणीय तथा सामाजिक क्षेत्रमा गरेको लगानी र उच्चस्तरीय कार्यसम्पादनका आधारमा सम्मान गरिएको हो ।
ग्लोबल आइएमई बैंक यसअघि पनि सन् २०२२ र २०२४ मा युरो मनी अवार्ड फर एक्सलेन्सबाटै बेस्ट बैंक अवार्ड प्राप्त गरिसकेको थियो । यससहित बैंकले तेस्रो पटक यो सम्मान हात पारेको हो । साथै, यसअघि ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा पनि बैंकलाई सम्मान गरिएको थियो ।
नेपालकै पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमईले हाल ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।
बैंकले मुलुकभित्र मात्र नभई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
प्रतिक्रिया