Logo

राजनीति

हाँडी जातिलाई माझीको पहिचान दिन माग


२९ श्रावण २०८२, बिहिबार  

69
Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  । 

उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ । तर व्यवहारमा रुखो छ । मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन् । यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । त्यसकारण संविधानले व्यवस्था गरेअनुसार हाँडी जातीको माझी भनेर पहिचान होस् भनी जोडदार माग गर्दछु ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ३ : १२ बजे