Logo

समाचार

सर्वोच्चद्वारा मुकुल ढकालको रिट खारेज


२७ श्रावण २०८२, मंगलबार  

92
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री आफैँ भएको दाबी गर्दै संस्थापक महामन्त्री मुकुल ढकालले दायर गरेको रिट खारेज गरेको छ। न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सोमबारदेखि ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ गर्दै मंगलबार आदेश जारी गरेको हो।

रास्वपाबाट साधारण सदस्यता समेत खारेज गर्दै निष्कासन भएका ढकालले कारबाही असंवैधानिक र अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए। आयोगले कार्यसमिति र पदाधिकारी अद्यावधिक नभएको पत्र दिएपछि उनले गत असारमा रिट दायर गरेका थिए। रिटमा उनले महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाउने निर्णय बदर गरी पुनः पदमा reinstatement माग गरेका थिए।

ढकालका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, रामनारायण बिडारी, सतिशकृष्ण खरेल र गोपालकृष्ण घिमिरे लगायतले बहस गरेका थिए। रास्वपाका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, दिनमणि पोखरेल तथा अन्य अधिवक्ताले बहस गरेका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ३३ बजे