Logo

समाचार

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु



सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१, कोल्चौरनजिक एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। गए राति करिब १ बजे कल्ले खोलामा खसेको एम्बुलेन्स चालक डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार भेरी नगरपालिका–१, रावत गाउँबाट मैदेमा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब १०० मिटर तल खसेको हो। दुर्घटनाबारे राति जानकारी नपाए पनि बिहान घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : २५ बजे