काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढीमा हराएका नेपालीमध्ये एक जनाको शव फेला परेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शवको सनाखत प्रक्रिया भइरहेको छ।
साउन २० गते उत्तराखण्डको धरालीमा ‘क्लाउड ब्रस्ट’ का कारण आएको बाढीमा १३ नेपाली प्रभावित भएका थिए। तीमध्ये १३ जनाको जीवितै उद्धार भए पनि अझै आठ जना बेपत्ता छन्।
यसैगरी साउन २१ गते पौरी गढवालको बगुडामा आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एकको शव भेटिएको दूतावासले जनाएको छ। बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए। घाइतेमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने दुई जनाको उपचार भइरहेको दूतावासले जानकारी दिएको छ।
प्रतिक्रिया