काठमाडौं । सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड)मा अनधिकृत पहुँच गरी चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठलाई पक्राउ गरेको हो।
प्रारम्भिक प्राविधिक अनुसन्धानबाट उनीहरू उक्त घटनामा संलग्न रहेको पुष्टि भएपछि काठमाडौं महानगरपालिका–१६, बालाजु र ललितपुर महानगरपालिका–४, धोबीघाटबाट साउन २२ गते पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया