Logo

समाचार

कल्याणपुरका मेयरमाथि भ्रष्टाचार मुद्दा दायर, एक लाख रुपैयाँ घुस लिएको पुष्टि


२३ श्रावण २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि गर्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेका थिए। उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो र असार ३२ गते बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको थियो।

अख्तियारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानमा साहले पक्की नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको उल्लेख छ। दायर गरिएको मुद्दामा साहसँग एक लाख रुपैयाँ बिगो माग गरिएको छ।

साह नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हुन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २२ बजे