काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता सम्बन्धी वार्ता कर विवाद समाधान नभएसम्म अघि नबढ्ने बताएका छन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै ट्रम्पले भारतमाथि लगाइएको ५० प्रतिशत करबारे प्रश्नको छोटो जवाफ दिँदै भने, “हामीले यसलाई समाधान नगरेसम्म होइन।”
अमेरिकाले हालै भारतमाथि २५ प्रतिशत आयात कर लागू गरिसकेको छ भने थप २५ प्रतिशत कर २७ अगस्टदेखि लागू गर्ने तयारीमा छ। भारतले यस कदमलाई लिएर चिन्ता व्यक्त गर्दै कूटनीतिक तहमा वार्ता गरिरहेको छ।
अमेरिकी विदेश विभागका प्रमुख उपप्रवक्ता टमी पिगोटले भने भारत एक रणनीतिक साझेदार भएको र व्यापार असन्तुलन तथा रूसी तेल खरिदका विषयमा स्पष्ट संवाद भइरहेको बताए।
यससँगै ट्रम्प प्रशासनले अर्धचालक (चिप्स) मा १०० प्रतिशत कर लगाउने योजना सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यस्तो कदमले विश्व अर्धचालक उद्योगमा प्रत्यक्ष असर पार्ने र तीव्र गतिमा बढिरहेको भारतीय अर्धचालक बजारमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ। [file photo]
प्रतिक्रिया