Logo

मुख्य समाचार

किशोरीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धान जारी


२२ श्रावण २०८२, बिहिबार  

46
Shares

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा एक १८ वर्षीया किशोरीको शंकास्पद अवस्थामा मृत्यु भएको छ। बुधबार केटा साथीको घर पुगेकी महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी निवासी किशोरीको बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार किशोरी केटा साथीको घरमै बेहोस भएकी थिइन्। उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित केटा साथीलाई नियन्त्रणमा लिएको छ भने किशोरीको शव पाटन अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। मृत्युको कारण पोस्टमार्टम र अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  २ : ४७ बजे