काठमाडौ । चीनले रूस र इरानबाट कच्चा तेल नकिन्न गरेको अमेरिकी आग्रहलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। अमेरिकाले ती दुई देशबाट तेल खरिद गर्ने मुलुकहरूमाथि कडाइ गरिरहेको अवस्थामा चीनको यस्तो प्रतिक्रिया आएको हो।
चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, “चीनले सधैँ राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्नो ऊर्जा आवश्यकताको आपूर्ति सुनिश्चित गर्नेछ।” मन्त्रालयले अमेरिकाको दबाब र धम्कीप्रति असन्तुष्टि जनाउँदै स्पष्ट पारेको छ, “दबाब र जबर्जस्तीबाट केही हासिल हुँदैन। चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नेछ।”
अमेरिकाले चीनमाथि रूस र इरानबाट तेल खरिद गरे १०० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएको छ।
चीन र अमेरिकाबीच व्यापार सम्झौतासम्बन्धी वार्ता स्टकहोममा जारी छ। यस्तै समयमा चीनको यो कडा अडान सार्वजनिक भएको हो।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनको भनाइप्रति कटाक्ष गर्दै भनेका छन्, “जब रूसबाट तेल खरिदको कुरा आउँछ, तब चीन आफ्नो सार्वभौमसत्तालाई धेरै गम्भीरतापूर्वक लिन्छ।” [File photo]
प्रतिक्रिया