काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित रिष नगरकोट दोहोरि साँझमा दुई समूहबीच भएको झै-झगडामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार गत साउन १६ गते दिउँसो ४:४० बजे भएको उक्त झै-झगडासँग सम्बन्धित अनुसन्धानका क्रममा एक युवकलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्ति नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएका १७ वर्षीय गुरू श्रेष्ठ हुन्।
प्रहरीका अनुसार श्रेष्ठले सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी युवाहरुलाई उत्तेजित पार्ने, झै-झगडा गर्न उक्साउने र अमर्यादित व्यवहार प्रदर्शन गर्न प्रेरित गर्ने कार्य गर्दै आएका थिए। झै–झगडापछि फरार रहेका उनलाई घटनास्थल नजिकैबाट पक्राउ गरिएको हो।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया