काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा परिवर्तन गर्न खासै चासो देखाएका छैनन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वटाले निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि अपेक्षा गरिए पनि अधिकांश बैंकहरू ब्याजदर घटाउनबाट पछि हटेका छन् । फागुनको तुलनामा कुमारी बैंकले मात्र ब्याजदर बढाएको छ, भने सिटिजन्स, हिमालयन र लक्ष्मी सनराइज बैंकहरूले ब्याजदर घटाएका छन् ।
कुमारी बैंकले फागुनमा ५.९१ प्रतिशत ब्याज दिँदै आएकोमा चैतमा ६.०१ प्रतिशत बनाएको छ । नेपाल बैंकले ५.६ बाट ५.५ प्रतिशत कायम गरेको छ भने हिमालयन बैंकले ६.२५ बाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर घटाएको हो भने लक्ष्मी सनराइजले पनि कटौती गरेको छ ।
ब्याजदरमा देखिएको यो स्थायित्वसँगै वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर ५.९३ प्रतिशतमा झरेको छ, जुन फागुनको तुलनामा ०.०८ प्रतिशत बिन्दुले कम हो ।
प्रतिक्रिया