Logo

विश्व

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम वार्ता मलेसियामा सुरु



काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच चार दिनदेखि जारी द्वन्द्व अन्त्य गर्न सोमबार मलेसियामा युद्धविराम सम्झौताका लागि वार्ता सुरु भएको छ। थाइल्याण्डको प्रतिनिधिमण्डल कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईको नेतृत्वमा वार्तामा सहभागी भएको छ भने कम्बोडियाली प्रधानमन्त्री हुन मानेट पनि वार्तामा सहभागी हुने मलेसियाली पक्षले जानकारी दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल युद्धविरामको लागि अपील गरेका थिए। ट्रम्पको पहललाई दुवै देशले स्वागत गरेका छन्। यद्यपि, आइतबार राति दुई देशको सीमामा गोलीबारी जारी रहँदा झडप रोकिएको छैन।

थाइल्याण्ड र कम्बोडिया बीचको यो द्वन्द्व २४ जुलाईमा सुरु भएको हो र अहिलेसम्म कम्तीमा ३३ जना सैनिक तथा सर्वसाधारणको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : २५ बजे