Logo

कर्पोरेट

फ्रन्टलाइन हस्पिटल र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता



काठमाडौँ । काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन र बैंकका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलका सेवा सुविधामा १० प्रतिशत छुट पाउने छन्।

सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक (Chief Marketing Officer) रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन्।

हालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंकले देशभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी प्रतिस्पर्धात्मक रूपमा सेवा विस्तार गरिरहेको छ। बैंकले हालै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड समेत प्राप्त गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : २७ बजे