काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् ।
आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् ।
मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे ।
उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका कामहरु पनि यसले गर्ने भएको हुँदा जे यसमा आएको छ त्यो नै प्रमुख विषय हो । अरु शैक्षिक संस्था जस्तो होइन् । विधेयकमा जे प्रस्तावित भएको छ त्यो ठिकै छ ।’
उनले विज्ञान प्रयोगशाला आफंैमा मंहगो हुने भन्दै सातवटा प्रदेशहरुमा पनि आवश्यकता रहेको बताए ।
‘विज्ञान प्रयोगशाला मंहगो हुन्छ । यसका सामग्रीहरु मंहगो हुन्छन् । त्यसैले यो प्रदेशहरुमा पनि जानुपर्छ,’ उनले भने ।
यस्तै समितिका सदस्य बेदुराम भुसालले विधेयक बनाउँदा नियमावली, कार्यनीति स्पष्ट हुनुपर्ने बताए । उनले ऐनमा नभएकालाई नियममा नियममा नभएको कुरा विनियम बनाएर सुविधा खाने गरेको पनि बताए ।
प्रतिक्रिया