देउखुरी (दाङ) । दाङको देउखुरीमा गाडीले किच्दा एक युवकको मृत्यु भएको छ। लमही नगरपालिका–५ सुनखोलिका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान आफ्नै घरअगाडि दुर्घटनामा परि ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घरअगाडि पार्क गरिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी अचानक ब्याक हुँदै आफैँ गुड्न थालेको थियो। गाडीले किच्दा गम्भीर घाइते भएका बानियाँलाई तत्काल लमही अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया