काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर टेलिग्राम एपको पहुँचमा रोक लगाएको छ। प्राधिकरणले सोमबार सूचना जारी गर्दै सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकहरुलाई एप बन्द गर्न निर्देशन दिएको हो।
सूचनामा उल्लेख भएअनुसार टेलिग्राम एपमार्फत अनलाइन ठगीका गतिविधिहरू तीव्र रुपमा बढिरहेको र सम्पत्ति शुद्धीकरण लगायत गम्भीर आपराधिक क्रियाकलापमा समेत यसको प्रयोग भएको जनाइएको छ।
प्राधिकरणले भनेको छ, “सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ।”
प्राधिकरणले यो निर्णय साइबर सुरक्षाका दृष्टिले चासो बढेपछि लिएको जनाएको छ। बन्दकाे कार्यान्वयन तत्कालै सुरु हुने जनाइएको छ।

प्रतिक्रिया