काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ ।
बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो ।
यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ ।
प्रतिक्रिया